
काठमाडौं । सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी दिए ।
‘सामान्यतया १५ दिन अगाडि खुल्ने प्रचलन हो,’ हमालले भने, ‘कहिलेदेखि खुलाउने भन्ने विषयमा एक चरणको छलफल भइसकेको छ । असोजको पहिलो हप्तादेखि खुलाउने गरी तयारी भएको छ ।’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको बताए ।
यसैबिच कतिपय यातायात व्यवसायीले अहिले नै अनलाइनबाट टिकट बुकिङ खुला गरिसकेका छन् । तर यसरी बुकिङ खोल्दा फेक नामबाट टिकट काट्ने प्रवृत्ति बढेर ब्ल्याकमा बेच्ने समस्या पनि आउन सक्ने जानकारहरु बताउँछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै