काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरवाट आएको छ । अघिल्लो दिन ११ अंकको सुधार भएको सेयर बजारमा आज ५९ अंकको गिरावट आएको हो ।
सोमबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २५२९ दशमलव ३३ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.२८ प्रतिशतले कम हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये जम्मा १४ वटाको सेयर मूल्य मात्रै बढ्यो भने २२९ कम्पनीको सेयर मूल्य घटेको छ । एक कम्पनीको सेयर मूल्यमा भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९.०२ अंकले घटेर ४५४ दशमलव ४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै समूहको उपसूचक राताम्य भएर बन्द भएको छ ।
नेप्से उच्च अंकले घटे पनि आज कारोबार रकममा भने अघिल्लो दिनको भन्दा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ६६ करोड भन्दा बढीको कारोबार भएको छ ।
आज सेयर बजारमा ३२९ कम्पनीका १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर ७७ हजार १५३ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनी मध्ये ४ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज