
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानले १५ औ संस्करणको शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असोज ११ गते काठमाडौँको एभरेस्ट होटलमा मेलाको आयोजना गर्न लागेको जानकारी दिइएको हो ।
विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गरेको संघले जनाएको छ । ‘यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श पाउन भन्ने अपेक्षासहित मेला आयोजना गर्न लागिएको हो,’संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोजकले शैक्षिक मेलामा करिब १५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गर्ने अपेक्षा राखेको छ । मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरूलाई समेत आग्रह गरिएको आयोजकले जनाएको छ ।
मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अस्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्कलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता जनाउनेछन् ।













समाचार
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह
फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा दर्ता
राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी
सेयर बजारमा करिब १२ अंकको सुधार, कारोबार ५ अर्ब माथि