काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो सुधार देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से परिसूचक आज भने करिब १२ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८५ कम्पनीको सेयर मूल्य घटेको छ । आज १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.०७ अंकले बढेर ४६५.७५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ । परिसूचक बढेको दिन बजारमा करिब साढे ५ अर्बको कारोबार भएको छ ।
आज ३३९ कम्पनीका १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर ५१ हजार ७२८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह
फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा दर्ता
राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आज विश्वकर्मा पूजा, सवारीसाधनको पूजाआजा गरी मनाइदै
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन