
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा लिएको स्नातक तह बीबीएस प्रथम वर्षको नतिजा प्रकाशन गरेको छ । २०८० सालको असोजमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ । तर, नतिजा प्रकाशन भएसलगत्तै वेबसाइट नै डाउन भएको छ । परीक्षा लिएको एक वर्षपछि नजिता प्रकाशन गरेको हो । त्रिविले परीक्षा भएको ९० दिनभित्रमा नतिजा प्रकाशन गरिसक्ने नीति ल्याएको छ । तर, बीबीएस प्रथम वर्षमा परीक्षा दिने विद्यार्थी धेरै भए पनि नतिजा प्रकाशनमा ढिलाइ भएको कार्यालयले जनाएको छ ।
त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले आफ्नो कार्यभारको सुरुवातसँगै परीक्षालाई पहिलो प्राथमिकतामा राखेका थिए । उनले कार्यभार सम्हाल्ने समयमा तीन वर्षदेखिको परीक्षाका नतिजा प्रकाशन गर्न बाँकी थियो । त्यसपछि गत जेठदेखि नतिजा प्रकाशनलाई तीव्रता दिएको थियो । यो अवधिमा विगतमा रोकिएका सबै परीक्षा सकिएको त्रिविले जनाएको छ ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक