
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पछिल्लो बाडी पहिरोको कारण करिब ६ अर्बको अन्नबालीमा नोक्सानी पुगेको बताएका छन् । कृषि समितिको आज बसेको बैठकमा उनले बाढीले कृषकलाई ठुलो क्षति पुर्याएको बताएका हुन् ।
‘नोक्सानी भएका किसानहरू पीडाले रोइरहनु भएको छ । दसैँ कसरी मनाउने, हामीले के प्राप्त गर्छौँ भन्दै सरकारलाई प्रश्न गरिरहनुभएको छ’ उनले भने । पीडित किसानलाई कसरी राहत दिने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । यसमा सहयोग गर्न दातृसंस्थासँग अनुरोध गरिएको उनले जानकारी दिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार ५८ हजार ४७६ हेक्टर धान वाली नष्ट भई ३ अर्ब ५० करोड बरावरको क्षति भएको छ । सो क्षति सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेबाट सङ्कलन गरिएको छ ।
यस्तै, १३ सय हेक्टर अलैची नष्ट भई ७० करोड रुपैयाँ बरावरको क्षति भएको मन्त्रालयले जनाएको छ । सो क्षति खोटाङ जिल्लाको हो । पर्साको ८५ हेक्टर क्षेत्रफलको उखु क्षति भएको छ । सो क्षेत्रमा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४५८ हेक्टर माछापोखरीको १ अर्ब १३ करोड रुपैयाँको क्षति भएको छ । यस्तै, पाँचथर, धनकुटा, तेह्रथुममा २४ पशु गोठमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, बाढी पहिरोमा परी २६ हजार २०५ पशुपन्छी मृत्यु भएको छ । यो क्षति पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लाको रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर रौतहट जिल्लाको २२ हेक्टर फलफूल बगैँचामा क्षति भएको छ । यस्तै, खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा, पर्साको ४ हजार ७४३ हेक्टर तरकारी बालिमा नष्ट भएको मन्त्रालयको तथ्याङ्क छ । बाढी पहिरोका कारणले २ वटा कोल्डस्टोरमा क्षति पुगेको छ । कृषि मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनाको १६ करोड बराबरको क्षति भएको तथ्याङ्क छ । सो संरचना लालवन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसीकोट, फिकल कीर्तिपुर, मार्फा, नवलपुरको रहेको उल्लेख छ । कृषि मन्त्रालयले अन्य क्षतिको विवरण प्राप्त हुने क्रममा रहेको जनएको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय