
काठमाडौं । बागमती प्रदेश सरकारले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्यमन्त्री किरण थापाको सहमतिमा डा. ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । पाल्पा स्थायी घर भएका डा. ज्ञवालीलाई सरकारले चारवर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेको हो।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजीमा मास्टर्स गरेका डा. ज्ञवाली महाराजगन्ज मेडिकल क्याम्पसको एसोसिएट प्रोफेसर हुन् । डा. ज्ञवाली शिक्षण अस्पतालअन्तर्गतको उक्त क्याम्पसको अनुसन्धान शाखाको प्रमुखसमेत हुन् । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवसमेत भएर काम गरिसकेका छन् ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने