
काठमाडौं, २८ असोज – नेपाली पर्वतारोहीहरूले पुनः विश्वमञ्चमा देशको नाम गौरवान्वित गरेका छन्। चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गर्दै ९ जना नेपाली साहसीहरूले नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। यस उपलब्धिले नेपाली पर्वतारोहीहरूको साहस, समर्पण, र दृढ इच्छाशक्तिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

दावा याङ्जुम शेर्पाले ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा शिखर चुम्ने पहिलो नेपाली महिला बनेर इतिहास रचिन्, जुन सबै नेपाली महिलाहरूको लागि प्रेरणाको स्रोत हो।
१८ वर्षीय निमा रिञ्जी शेर्पाले विश्वकै कान्छो आरोहीको रूपमा आफ्नो परिचय दिंदै नयाँ पुस्ताका लागि साहस र दृढताको सन्देश फैलाएका छन्। निर्मल पुर्जाले बिना अक्सिजन छोटो समयमा ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने सफलताले विश्वभरि पर्वतारोहणको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेका छन्।

साथै, तेजन गुरुङ, पासाङ टेन्डी शेर्पा, मिङ तेम्बा शेर्पा, क्याजिङजी शेर्पा, छिरिङ फुर्वा शेर्पा, र दावा टेम्बा शेर्पाले पनि यो साहसी आरोहणमा सहभागी भएर नेपाललाई गर्व गर्न लायक उपलब्धि दिलाएका छन्। उनीहरूको संयुक्त प्रयासले नेपाली पर्वतारोहणको क्षेत्रमा रहेका अद्वितीय क्षमता र सम्भावनाको झल्को दिएको छ।
विमानस्थलमा स्वागत गर्न पर्यटन क्षेत्रका सँस्था STEAN, अन्य पर्यटन व्यबसयी संघसंस्थाहरू, पर्यटन व्यवस्सयीहरु,स्थानीय समुदायहरू, र पर्वतारोहणका प्रशंसकहरूले उनीहरूको स्वागतमा सहभागी भई हर्ष उल्लासका साथ स्वागत व्यक्त गरेका थिए।यस स्वागतले नेपालीहरूलाई एकजुट गराएको मात्र छैन, देशको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ STEAN का अध्यक्ष पेम्बा शेर्पा सङगमले व्यक्त गरे।
यी सफलताहरूले नेपालको पर्यटन क्षेत्रलाई पनि नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। हिमाल आरोहणका क्षेत्रमा नेपाली साहसीहरूले राखेको योगदानले अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा नेपालको पहिचान अझ प्रबल बनाएको छ।














समाचार
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु
चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
देशभर विपद्का १९ घटना, १२ घाइते
आजको मौसम : तराईमा आंशिक बादल, हिमालमा हिमपातको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?