
काठमाडौं। नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा अमेरिकामा दोषी ठहर भएका छन्। बेलायती व्यवसायी शर्मा नेपाल वायुसेवा निगमको ठूलो आकार (वाइडबडी) जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको भन्दै दोषी ठहर भएका हुन्।
अमेरिकी कम्पनी एएआर कर्पोरेसनले दुई थान वाइडबडी जहाज बिक्री गर्दा निगमले २४ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो। एएआर जहाज खरिद–बिक्री, भाडामा दिने अमेरिकी कम्पनी हो।
अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) को घुसविरुद्ध प्रावधान उल्लंघन गरेको ठहर गर्दै शर्मालाई एफसीपीएले दोषी ठहर गरेको हो। यसबारे एफसीपीएले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
वायुसेवा निगमको दुई थान ‘ए३३०–२००’ सिरिजका वाइड बडी जहाज खरिद–बिक्री प्रक्रियामा शर्मा ‘एजेन्ट’ का रूपमा देखिएका थिए। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको जहाज खरिद गरे पनि लिजिङ कम्पनी एएआरमार्फत खरिद गरेको थियो ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि