
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेको वितरण योग्य नाफा १ अर्ब भन्दा माथि पुगेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा १ अर्ब भन्दा माथि पुगेको हो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन खर्च बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको गैर सञ्चालन खर्च १ करोडबाट बढेर २८ करोड पुगेको छ। जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा झरेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.३३ गुणा रहेको छ ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ८.९० प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ६.२३ प्रतिशत र कर्जा तथा सापटी ८.९४ प्रतिशत बढेको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम