
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडल (सलिको) को नाफा ६५ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा गत आवको सोही अधिको भन्दा ६५.७२ प्रतिशतले घटेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यस्तो नाफा गत आवको सोही अवधिमा २० करोड ८ लाख रुपैयाँ रहेको थियो । चालु आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेकाले नाफामा त्यसको प्रभाव परेको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन चालु आर्थिक वर्षको ६ महिनामा ७१ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तो शुल्क गत आवको सोही अवधिमा ७९ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको कुल आम्दानी भने वृद्धि भएको छ । गत आवमा १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँभन्दा बढी सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ४५ रुपैयाँ १८ पैसा रहेको छ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना