सेयर बजारमा २० अंकको गिरावट, कारोबार ४ अर्ब मात्रै

काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको कारोबार बन्द हून्दा परिसूचक २०.२७ अंकले घटेर कारोबार भएको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २७३५.१४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.६२ अंकले घटेर ४६९.३७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको बढेको छ ।

परिसूचक घटेको दिन सेयर बजारमा ४ अर्बको मात्रै कारोबार भएको छ । आज ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर ५६ हजार ८४५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोकार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार