
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गतेका लागि ३० औँ साधारणसभा बोलाएको हो ।
उक्त सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबबाट चुक्ता पुँजीको १२.७८९४ प्रतिशत नगद लाभांश (कर सहित) र ३ प्रतिशत अर्थात् १०० कित्ता बराबर ३ कित्ताका दरले बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सो सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षण प्रतिवेदन सहित सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । कम्पनी ऐनको दफा १११ बमोजिम चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन सेयर दाखिल खारेज बन्द (बूक क्लोज) गर्ने जनाएको छ । तसर्थ बूक क्लोजको आधारमा माघ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो