डलरको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदशी मुद्राको विनियदर अनुसार अकेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलरको मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसाले महंगो भएको हो ।

आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिक डलरको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो विनिमयदर घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६० पैसा रहेको थियो ।

त्यस्तै आज युके पाउण्ड स्टर्लिङको विनियमदर पनि घटेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३० पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७२ रुपरैयाँ ३५ पैसा रहेका थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ३० पैसा र बिक्रीदर १५१ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ चार पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर ३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३ रुपैयाँ ८६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६ड पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र बिक्रीदर १२ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुबेती दिनार एकको खरिददर ३३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार