सुनको मूल्य २ लाख नजिक, तोलामा ३६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ३ हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा खरदि बिक्री भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार