
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरो र पाउण्डको मूल्य बढेको छ । अघिल्लो दिन बढेको डलरको मूल्य आज स्थिर रहँदा पाउण्ड र युरोको मूल्य सामान्य बढेको हो ।
आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर सोही दरमा सटही भएको थियो । त्यस्तै आज युरोपियन युरो विनिमयदर बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुप्ैयाँ २४ पैसा रहेको थियो ।
त्यस्तै आज युके पाउण्ड स्टर्लिङको विनियमदर पनि बढेको छ । आज पाउण्ड एकको खरिददर १७० रुरपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३० पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा रहेका थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर १०० रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०४ पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर ३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुबेती दिनार एकको खरिददर ३३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ०६ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।













समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे