
काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको साधारण सभा आज आयोजना हुदैछ । आज आशा लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र रिडी पावर कम्पनीको साधारणसभा हुन लागेको हो ।
आशा लघुवित्तको साधारणसभा बनेपा–७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्दैछ । सभामा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण लगायतका प्रस्ताव पेश गरिनेछ । सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ ।
त्यस्तै मन्दाकिनी हाइड्रोपावरको साधारणसभा लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा बिहान ८ बजेदेखि सुरु भइसकेको छ । सभामा ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गरिनेछ । साथै बोनस सेयर वितरणपछि १ः१.२५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने योजनालाई पनि सभाले निरन्तरता दिनेछ । यस कम्पनीले कात्तिक २८ गते बुक क्लोज गरिसकेको छ ।
त्यसैगरी रिडी पावर कम्पनीको साधारण सभा गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे बस्दैछ । यस कम्पनीले भने सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह