
काठमाडौं । कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आईपुगेका स्टार भारतीय क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न तयार भएको बताएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा अनुबन्ध भएका धवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका हुन् । उनलाई शुक्रबार कर्णाली याक्समा मालिक झनक दत्त खनाल र सह–मालिक गृहेन्द्र घिमिरलेले स्वागत गरेका थिए ।
नेपाल झरेपछि उनले भने, ‘नमस्ते नेपाल, नेपाल आएर निकै खुसी भएको छु । मलाई कर्णाली याक्सले निकै राम्रो स्वागत गरेको छ । कर्णाली याक्सबाट एनपिएल खेल्न उत्साहित छु,’ ‘यहाँ आफ्नो अनुभव साट्नेछु । स्थानीय खेलाडीसँग खेल्ने र उत्कृष्ट प्रदर्शन गर्न तयार छु । नेपाली खेलाडीबारे जानकारी पनि लिन्छु ।’
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । धवनसँगै वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुद कर्णाली याक्समा छन् ।
टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका सोमपालसँगै गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मा आइकोनिक प्लेयर्सका रूपमा छनोट भएका छन् । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ ।
३८ वर्षीय बायाँहाते ओपनर धिवनले भारतको राष्ट्रिय टोलीसँगै आइपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीका रूपमा चिनिन्छन् । धवनले सन् २०१६ मा हैदरावादलाई आइपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् । उनी एनपिएल खेल्ने सबैभन्दा ठुलो र चर्चित नाम हुन् ।
उनले नेपालमा रहँदा पशुपतिनाथ मन्दिर दर्शन गर्ने तथा सगरमाथा चड्न प्रयास गर्ने जानकारी गराए । उनले आफूजस्ता खेलाडीबाट नेपालका नयाँ खेलाडीले अनुभव साट्ने बताएका छन् । ‘अनुभवी खेलाडी आएर नेपालमा खेल्नु नयाँ पुस्ता खेलाडीको लागि सुखद् रहेको छ । त्यसले फरक माहोल बन्नेछ र नयाँ खेलाडीको मनोबल बढाउने छ ।’
उनले सन्यास लगत्तै नेपाल आएर खेल्न मौका मिलेको कारण जानकारी गराए । ‘संन्यास नलिँदा सम्म बाहिर खेल्न अनुमती हुँदैन । मैले अहिलेसम्म नेपाल देखेको थिइन, हामीसँग नेपालका धेरै मान्छे छन् । भाषा पनि मिल्छ त्यसैले मौका मिलेसँगै नेपाल आएको हुँ ।’













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम