
काठमाडौं । यो साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७३४ दशमलव ९३ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.९२ प्रतिशत अर्थात ५२ दशमलव ६४ अंक घटेर २६८२ दशमलव २९ विन्दुमा पुगेको हो ।
यो साता ५ कारोबार दिनमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन नेप्से बढेको थियो । यस साताको बुधबार नेप्से करिब ४६ अंक बढेको थियो । यो साता सेन्सेटिभ इण्डेक्स ५ दशमलव ७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव ६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ०७ अंक घटेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ९ अर्ब ८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ७४ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३६.७८ प्रतिशत घटेको हो । यस साता दैनिक औषत सेयर संख्या ३५.३७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३०.२१ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण १.९२ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ३६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ८७ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४९ अर्बमा झरेको छ । यो सााता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको छ । गत साता ६७२६ दशमलव ५८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३८ दशमलव ९२ अंक बढेर ६८६ दशमलव ५० विन्दुमा पुगेको छ ।
यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.९५ प्रतिशत घटेको छ । गत साता १३७५५ दशमलव ३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८१८ दशमलव ९३ अंक घटेर १२९३६ दशमलव ४२ विन्दुमा झरेको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल