
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन पनि सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि २५ अंकले घटेको सेयर मूल्य आज पनि १५ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १५ दशमलव ५४ अंकले घटेर २५९४ दशमलव १३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ कम्पनीको मात्रै बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डक्स पनि २ दशमलव ५६ अंकले घटेर ४४१ दशमलव ४२ विन्दुमा पुगेको छ । आज पनि सेयर बजारमा सबै १३ वटै उपसूचको सेयर मूल्य घटेको छ ।
परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोड माथिको कारोबार भएको बजारमा आज भने साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६४ हजार २७८ पटक खरिद बिक्री हुँदा उक्त मूल्य बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन