
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले नयाँ बीमालेख बजारमा ल्याएको छ । कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख प्रस्तुत गरेको जनाएको हो।
साथै, जुम मिटिङमार्फत जोडिनु भएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रीय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृतज्यूले यस बीमालेखको उद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा बिमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढी परिष्किृत गरी बाल अमृत सावधिक बिमालेख– ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको र बाल बच्चाको सुमधुर भविष्यसँग सम्वन्धित यो योजना कम्पनीकै एक अव्वल योजना रहेको बताइएको छ ।
कम्पनीले ल्याएको उक्त बीमालेख योजनाका विशेषताहरुका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउनु हुँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना ३० दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको छ । यस बिमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ ।
बिमांक रकम न्यूनतम १ लाख र अधिकतम आय स्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बिमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बिमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र बार्षिक रूपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेको जनाइएको हो।
सो बीमालेखलाई प्रबर्द्धन गर्ने उद्देश्यले बिमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए । साथै, उनले सम्पूर्ण अभिकर्ता, बिमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोबाइल एप्स, वेब साइट र नेपालभर रहेको जुनसुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको जानकारी दिइएको छ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज