
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको अवस्था छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै आज मधेस प्रदेशमा दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ । राति पनि तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
बागमती प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज गण्डकी प्रदेशमा दिउँसो आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा दिउँसो आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी र तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।
कर्णाली प्रदेशमा आज दिउँसो आंशिक देखि साधरणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।












समाचार
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर