
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज बस्दै छ । कम्पनीको साधारणसभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, वट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।
सभाले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद (कर समेत) लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरणपछि हुने चुक्ता पुँजी संरचना परिमार्जन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यसैगरी गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । त्यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १९ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम