
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।
आज ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
१७१ कम्पनीको सेयर मूल्य बढ्दा आज ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएके छ । कम्पनीको २६ करोड ८५ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय ३९ रुपैयाँ पुगेको छ ।
आज नेप्से दोहोरो अंकले बढे पनि एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह
बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा