
काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले सरकार पुँजीगत खर्च नहुनुको कारण खोजिरहेको बताएका छन् । बिहीबार अर्थमन्त्रालमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘अहिले पुँजीगत खर्च किन बढेन भनेर सरकारले अध्ययन गरिरहेको छ,’ उनले भने । पौडेलले अहिले अर्थतन्त्र सुधारको अवस्थामा रहेको दाबी गरे । उनले सरकारले उत्पादन वृद्धि, निर्यात प्रोत्साहन र पुँजीगत खर्चको तीव्रतामा जोड दिइरहेको बताए । ‘सरकारले ओरालो लागिरहेको अर्थतन्त्रलाई रोक्दै सुधारका कार्यक्रमहरू अगाडि बढाएको छ । राजस्व संकलनलाई अझ तीव्रता दिन सरकारले काम गरिरहेको छ । उत्पादन वृद्धि नभएसम्म निर्यात वृद्धि सम्भव छैन, त्यसैले उत्पादनमा विशेष जोड दिनुपर्ने आवश्यकता रहेको छ,’ उनले भने ।
पुँजीगत खर्चलाई तीव्र बनाउन सरकार नीतिगत सुधारसहित अघि बढिरहेको उनको भनाइ थियो । ‘पुँजीगत खर्चले मात्रै अर्थतन्त्रलाई गति दिन सक्छ, त्यसैले यो हाम्रो मुख्य प्राथमिकता रहेको छ,’ पौडेलले भने । सरकारले निजी क्षेत्रको मागलाई पनि सम्बोधन गर्दै लगानीकर्ताको मनोबल वृद्धि गर्न सफल भएको पौडेलको दाबी थियो। अर्थमन्त्री पौडेलले सरकारले ल्याएको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याएको समेत दाबी गरे । ‘निराश चिर्नका लागि सरकारले अध्यादेश ल्याएको हो’ उनले भने ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह