
जकार्ता । दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीनपटक विस्फोट भएको छ । विस्फोटले ८ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको थियो । स्थानान्तरणका बारेमा जानकारी तत्काल उपलब्ध थिएन ।
पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेसको दुर्गम टापुमा रहेको ज्वालामुखीमा सयौं भूकम्प आएका छन् र पछिल्लो सात दिनमा दृश्यमान ज्वालामुखी गतिविधि उल्लेखनीय रूपमा बढेको छ । अधिकारीहरूले विस्फोटको चेतावनीलाई उच्चतम स्तरमा बढाएका छन् र खतराको क्षेत्रलाई क्रेटरबाट सात किलोमिटरबाट आठ किलोमिटरमा विस्तार गरेका छन् ।
विस्फोटका कारण केही एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको पर्यटकीय द्वीप बालीका बीचको उडानहरू रद्द गरेका छन् भने टापुमा अन्य अन्तर्राष्ट्रिय र घरेलु उडानहरू ढिलाइ भएका छन् । ज्वालामुखीबाट निस्कने नदीहरूमा लाभा प्रवाहलाई उत्प्रेरित गर्ने भारी वर्षाको बारेमा बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको इन्डोनेसियाको भूगर्भीय एजेन्सीले एक विज्ञप्तिमा बताएको छ ।
नोभेम्बरमा माउन्ट लेवोटोबी लाकी लाकीको विस्फोटमा नौ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए । एक हजार पाँच सय ८४ मिटर उचाइको पर्वत फ्लोरेस तिमुर जिल्लाको माउन्ट लेवोटोबी पेरेम्पुआनसँग जोडिएको जुम्ल्याहा ज्वालामुखी हो । इन्डोनेसिया २७ करोड जनसङ्ख्या भएको द्वीपसमूह हो । यहाँ बारम्बार भूकम्पीय गतिविधिहरू हुन्छन् । यसमा एक सय २० वटा सक्रिय ज्वालामुखी छन् र यो ‘रिङ अफ फायर’ मा अवस्थित छ । रिङ अफ फायर प्रशान्त बेसिनलाई घेरेको भूकम्पीय फल्ट लाइनहरूको घोडे–नाल आकारको शृङ्खला हो ।













समाचार
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ
महासंघका अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक याहियासँग भेटवार्ता
अमेरिकाद्वारा युद्धविराम लम्ब्याउने सम्भावना अस्वीकार, ईरानद्वारा नयाँ आक्रामक रणनीति अपनाउने धम्की
वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारले लिए श्रम स्वीकृति
प्रधानमन्त्री बालेन र भारतका स्थल सेनाध्यक्ष बीच भेटे
महिनामा २ पटक तलब भुक्तानी गर्न महालेखा नियन्त्रक कार्यालयले जारी गर्यो परिपत्र
धितोपत्र बोर्डमा चार कम्पनीले दिए आईपीओ जारी गर्न निवेदन
महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता, नेपाल-चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
सेयर बजार परिसूचक १९ अंकले घट्यो, कारोबार पनि घट्यो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य