
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाबले विजयी शुरुआत गरेको छ । हिजो भएको खेलमा पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २३२ रन मात्रै बनाउन सक्यो ।
गुजरातका साई शुदर्शनले सर्वाधिक ७४ रन बनाए । जस बटलरले ५४ रन जोडे । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए । त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४३ रन बनाएको थियो । पञ्जाबका कप्तान श्रेयस अय्यरले सर्वाधिक ९७ रन बनाए । प्रियान्स आर्यले ४७ रन जोडे ।
गुजरातका शाई किशोरले तीन विकेट लिए । आईपीएलमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । भारतको गुवाहाटीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि