
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा समूह चरण अन्तिम खेलमा आज नेपालले जापानसँग खेल्दै छ । यो खेलमा जित हासिल गरेको खण्डमा नेपाल समूह विजताका रुपमा सुपर ६ मा पुग्ने छ ।
ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा कुवेतमाथि ५८ रनको सशक्त जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाइसकेको छ । तर, अब ध्यान समूह विजेताको रूपमा अघि बढ्नेमा केन्द्रित छ ।
जापानले पनि कुवेतलाई पराजित गरेर विजयी सुरुवात गरिसकेको छ । कुवेतमाथि ५ विकेटको जितपछि जापानको टोली आत्मविश्वासका साथ मैदानमा उत्रिँदैछ ।
दुवै टोली सुपर सिक्समा पुगिसके पनि समूह विजेताको टुंगो आजको नतिजाले निर्धारण गर्नेछ । नेपाल र जापान पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय मैदानमा आमनेसामने हुन लागेका हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह