
काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को सहकार्यमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दुई दिने प्रशिक्षण कार्यक्रम सोमबार राष्ट्र बैंकका मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यकारी निर्देशक घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको बताए । ‘अन्य क्षेत्रभन्दा वित्तीय क्षेत्र बढी संवेदनशील भएकाले नागरिकको विश्वाससँग जोडिएले सही सूचना सम्प्रेषमा जोड दिनुपर्छ’, उनले भने । आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा राष्ट्र बैंक प्रतिवद्ध रहेको र यस्ता कार्यक्रमले आर्थिक पत्रकारको क्षमता वृद्धिसँगै सहि सुचना प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।
राष्ट्र बैंकको थापाथली कार्यालयमा चैत १७ गते र चैत १८ गते सञ्चालन सो कार्यक्रममा प्रशिक्षकहरूले ६ वटा फरक÷फरक सत्रमा प्रशिक्षण दिएका थिए । जसमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुणाकर भट्टले माइक्रोइकानोमिक एकाउन्ट, माइक्रोइकानोमिक एकाउन्टको अन्तरसम्बन्ध, नेपालको वित्तीय संरचना तथा स्थिति र माइक्रो इकोनोमीकका प्रमुख सूचकका विषयमा केन्द्रीत रहेर प्रस्तुति दिए ।
यस्तै पहिलो दिनको दोस्रो सत्रमा राष्ट्र बैंकका उपनिर्देशक मणिराज श्रेष्ठले विदेशी विनिमयको कानुनी तथा नियामकीय फ्रेमवर्क, लाइसेन्सीङ प्रणाली, वैदेशिक लगानी र कर्जाका विषयमा प्रस्तुति दिए भने तेस्रो सत्रमा राष्ट्र बैंकका निर्देशक सत्येन्द्रराज सुवेदीले मनिटरी (मौद्रिक) क्षेत्रको तथ्यांक स्रोत, मौद्रिक सूचकहरूको विश्लेषण, मनि डिमान्ड, सप्लाई र क्रेडिट, बैंक डिपोजिट, लिक्विडटी पोजिसन लगायतका विषयमा प्रस्तुति दिए ।
कार्यक्रमको दोस्रो दिन (सोमबार) को पहिलो सत्रमा राष्ट्र बैंकका निर्देशक माधव दंगालले मनिटरी पोलिसी फ्रेमवर्क, नेपालको मनिटरी पोलिसी र मनिटरी म्यानेजमेन्ट, दोस्रो सत्रमा उपनिर्देशक बिरेन्द्रबहादुर बुढाले अर्थतन्त्रको बाह्य क्षेत्र, नेपालको बाह्य अर्थतन्त्रको पर्फमेन्स, बाह्य आर्थिक सूचकको तथ्यांक, व्याख्या, ब्यालेन्स अफ पेमेन्टका विषयमा चर्चा गरेका थिए । यस्तै, तेस्रो तथा अन्तिम सत्रमा भने राष्ट्र बैंकका कामु निर्देशक सुमन न्यौपानेले मुद्रास्फितीका विषयमा आफ्नो प्रस्तुतिकरण दिए ।
कार्यक्रमको समापन सत्रमा बोल्दै नाफीजका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले राष्ट्र बैंकसँग नाफिजले गरेको प्रशिक्षण कार्यक्रमले पत्रकारहरूको क्षमता विकासमा सहयोग पुगेको बताए । उनले केन्द्रीय बैंकले अग्रसर भएर दिएको प्रशिक्षण कार्यक्रमका लागि उनले धन्यवाद समेत ज्ञापन गरे । दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू