
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ ।
जीतका लागि दुई सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९१ रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६७ रन जोड पनि टोलीलाई जिताउन सकेनन् ।
लखनउका शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान एक विकेट लिए । त्यसअघि लखनउमा घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ३ रन बनायो । लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक बनाए । मार्शले सर्वाधिक ६० रन जोडे । मारक्रमले ५३ रन बनाए ।
मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान एक विकेट लिए । जीतसँगै लखनउको ४ खेलमा ४ अङ्क भएको छ । लखनउ तालिकाको छैटौं स्थानमा छ । मुम्बई ४ खेलमा २ अङ्कका साथ सातौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आजको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स तथा दोस्रो खेलमा पञ्जाब किङ्ग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।













समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड