
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ । २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्रै बनाएपछि बेङ्गलुरु ११ रनले विजयी भएको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलुरुले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । बेङ्गलुरु नौ खेलमा १२ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान नौ खेलमा ४ अङ्क मात्र जोडेको राजस्थान तालिकाको आठौं स्थानमा छ ।
१० टोली सहभागी आईपीएलमा गुजरात टाइटन्स आठ खेलमा १२ अङ्कसहित पहिलो र समान आठ खेलमा १२ अङ्कसहित रनरेटका आधारमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ । आईपीएलअन्तर्गत आज बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम