
काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित दर्ता गरेको छ। यससँगै टोलीले प्लेअफको आशा जीवित राखेको छ।
घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो। जवाफमा राजस्थानले २० ओभरमा सात विकेट गुमाएर २०५ रन बनाउन सक्यो। टोलीलाई जितको लागि अन्तिम बलमा तीन रन आवश्यक थियो। तर, शुभम दुबेले दुई रन मात्र बनाउन सके। नन स्ट्राइकमा उभिएका जोफ्रा आर्चर रन आउट भए।
राजस्थानका कप्तान रियान परागले ४५ बलमा ९५ रन बनाए। उनले लगातार ६ बलमा ६ छक्का प्रहार गरे। रियानले मोइन अलीको ओभरमा पाँचौं छक्का र वरुण चक्रवर्तीको ओभरमा छैटौं छक्का प्रहार गरे। उनी आइपिएलको इतिहासमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने।
परागबाहेक यशस्वी जयसवालले ३४, शिमरोन हेटमायरले २९ र शुभम दुबेले अविजित २५ रन बनाए । मोइन अली, हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिए ।
कोलकताका आन्द्रे रसेलले २५ बलमा ५७ रन बनाएर अविजित रहे। उनले ६ छक्का र चार चौका प्रहार गरे। रिंकु सिंहले ६ बलमा १९ रन बनाएर अविजित रहे। यी दुईबाहेक अङ्क्रिश रघुवंशीले ४४, रहमानुल्लाह गुरबाजले ३५ र कप्तान अजिंक्य रहाणेले ३० रनको योगदान दिए । जोफ्रा आर्चर, युधवीर सिंह, महेश थेक्षाना र कप्तान रियान परागले समान एक विकेट लिए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना