
काठमाडौं । पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको प्रतियोगितामा सञ्जय र अनिलको जोडीले एनवाइसीका चन्द्र लिम्बू र तुल्सी पुनको जोडीलाई २१–८ र २१–१९ को सोझो सेटमा पराजित गरे । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको सोही स्पर्धामा एनपीएस भक्तपुरका असिम खड्का र सुरेन्द्र लामा, कास्कीका डोलराज आले र देव गुरुङ, वाइसीबीसीका जीवन गुरुङ र मधु गुरुङ, बालकुमारीका शान्ता डंगोल र ज्ञानु कुमाल, डम्बर लामा र लोक लामा, युनिटीका आकाश छन्त्याल र आङ कुसाङ शेर्पा, एपीएफका खुशु बुढाथोकी र चेतसिंह थापा, एनवाइसीका दिनेश राई र सौरव राणा तथा सामाखुशीका टीका थापा मगर र हीरा रोकाको जोडीले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै