
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेको सेयर बजार आज पनि ८ दशमलव ४१ अंकले घटेर २६११ दशमलव ८५ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४४ अंकले घटेर ४४४० विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १० वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ। आज सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको बढेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर ७८ हजार ४९३ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन