
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ महाधिवेशन फागुनमा हुने भएको छ । प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापाले जानकारी दिइन् ।
थापाका अनुसार बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका उप–महासचिव शिरीष देवकोटाका अनुसार प्रदेश र महाधिवेशन प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णय समेत भएको प्रतिष्ठानको प्रेस नोटमा उल्लेख छ ।
प्रतिष्ठानको सदस्यता डिजिटल प्रणालीबाट वितरण र व्यवस्थापन गर्ने निर्णय पनि गरिएको अध्यक्ष थापाले जानकारी दिइन् । महाधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान तोक्न बाँकी छ ।
यसअघिको महाधिवेशनबाट रीता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष समेत हुन् । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा छन् । प्रतिष्ठानमा करिब ३० हजार सदस्य र तीन हजार आजीवन सदस्य छन् । जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको एक सयभन्दा बढी शाखा समिति छन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम