काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३४ अंक भन्दा बढीले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३४ दशमलव ७९ अंकले बढेर २७१२ दशमलव २५ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पछि ६ दशमलव ७१ अंक बढेर ४५७ दशमलव ७३ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको प्रि ओपन सेसनमा १५८ कम्पनीका १ लाख १८ हजार ४५ कित्ता सेयर ७१३ पटक खरिद बिक्री हुँदा ४ करोड ६९ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।