
काठमाडौं । बैंकङ क्षेत्रको सुरक्षाका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बीच छलफल भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारीमाथि निरन्तर रुपमा आक्रमण र हिंसात्मक घटनाहरू बढ्दो अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले सक्रिय बन्न थालेको हो ।
राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सुरक्षा सुनिश्चितको विषयमा छलफल गरेका हुन् । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भइरहेको सुरक्षा चुनौतीलाई गम्भीर रुपमा लिएर छलफल सुरु गरेका हुन् । छलफलमा बैंकर्स एसोसिएसनका पदाधिकारीहरू पनि सहभागी भएका थिए । पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि निरन्तर आक्रमण भइरहेका छन् । विशेषगरी कर्जा उठाउन फिल्डमा जाने कर्मचारीमाथि ऋणीहरूले भौतिक हमला गर्ने, धम्की दिने र लुटपाटसमेत गर्ने घटनाहरू बढेका छन् । यसले बैंकिङ क्षेत्रका कर्मचारीहरूको मनोबलमा प्रतिकूल प्रभाव पारेको छ ।
मंसिर २५ गते सप्तकोशीमा ज्योति विकास बैंकका दुई कर्मचारीमाथि कालोमोसो लगाएर दुरव्यवहार गरिएको थियो । त्यसैगरी, पुस २२ गते घोराहीमा इन्भेष्टमेन्ट मेगा बैंकका ब्रान्च म्यानेजरसहित २ कर्मचारीमाथि हमला भएको थियो । पुस २१ गते एनआईसी एशिया बैंकका कर्मचारीमाथि ऋणीले दुरव्यवहार गर्दै आत्मदहाको प्रयास गरेका थिए । यसैगरी, पुस २८ गते फरवार्ड माइक्रोफाइनान्सका कर्मचारीमाथि लुटपाट भएको थियो भने पुस २९ गते नेपाल एसबिआई बैंकमा पनि लुटपाटको घटना घटेको थियो ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि