आगामी आर्थिक वर्षको बजेट भोली ३ बजे संसदमा पेस हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य बिहीबार मध्यान्न ३ बजेट ल्याउने भएको छ । बिहीबार ३ बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने कार्यसूची तयार भएको छ ।

दुवै सदनको संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

तीन बजे बजेट प्रस्तुत गरिने भएपछि सांसदहरुलाई दिनको २ः४५ बजे अगाडि नै संयुक्त सभाको बैठकको लागि प्रतिनिधि सभाको बैठक कक्षमा उपस्थित हुन भनिएको छ । भोली नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार