
काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर बजार परिसूचक ३५ दशमलव ७३ अंकले घटेर २६५८ दशमलव ९३ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ०६ अंकले घटेर ४५३ दशमलव ९२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेर कारोबार भएको छ ।
आज सेयर बजारमा साढे ६ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३१५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ७५ हजार ५०८ पटक खरिद बिक्री हुँदा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ रुपैयाँको बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू