
काठमाडौं । आज सेयर बजार परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई दिन सामान्य बढेको सेयर बजार परिसूचक आज ३ दशमलव ९० अंकले घटेर २६५४ दशमलव ७५ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६७ अंकले घटेर ४५२ दशमलव ४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि भारी गिराट आएको छ । आज अघिल्लो दिनको भन्दा साढे ५ अर्ब भन्दा बढीले कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोड ६८ लाख ४५ हजार ७५२ रुपैयाँको सेयर कारोबार भएको थियो भने आज ७ अर्ब ६५ करोड ३२ लाखद ४९ हजार ३१२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज अघिल्लो दिनको भन्दा ५ अर्ब ५३ करोड ३५ लाख ९६ हजार ४३० रुपैयाँले कारोबार रकम घटेको छ । आज सेयर बजारमा ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता सेयर ७० हजार ७७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आजको कारोबार बन्द हुँदा सेयर बजारमा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।












समाचार
सहकारीका ऋणीलाई ११ करोड असुली
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
‘विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनलाई समेटेको छ : भण्डारी
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप
सडक दुर्घटनामा घाइतेको उपचार गर्ने दायित्व स्वास्थ्य संस्थाको हुने
गगन थापा कांग्रेस नेतृत्वमा आउनु सकारात्मक कुरा हो – शंकर पोखरेल
होर्मुज जलडमरूमध्यमा सात तेल ट्यांकर इरानको निशानामा, दुई विस्फोट
नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु
अब पाठ सिकौं, नयाँ पुस्तालाई विश्वास गरौं : बाबुराम भट्टराई