
साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज २४.७६ अंकले घटेको हो ।
आजको कारोबार पछि नेप्से परिसूचक २६२८ दशमलव ९१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४७ कम्पनीको सेयर मूल्य बढेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०१ अंकले घटेर ४४९.४८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबै उपसूचकको सेयर मूल्य घटेको छ ।
नेप्से परिसूचक घटेको दिन ११ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर १ लाख २१ हजार ५५१ पटक खरिद बिक्री हुँदा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय