
काठमाडौं । यही असार २२ गते देखि पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर असार २२ गतेदेखि निष्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद सेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति साउन ११ गते तोकिएको छ ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले केयर एनपी डबल बी इस्यूअर रेटिङ दिएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै पिपुल्स पावरको वेबसाइट, प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सु्र्खेत, धनगढी शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तीनका तोकिएका शाखा कार्यालय सहित मेरो सेयर अनलाइन मार्फत् पनि आवेदन दिन सक्नेछन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह