काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआइसी नेपाल) को सेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ८२५ रुपैयाँ ७८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम सेयरमूल्य ९०८ रुपैयाँ ३६ पैसामा बन्द भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ ।