
काठमाडौं । आज सेयर बजारमा सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.१४ अंकले घटेर २,६८३ को विन्दुमा बन्द भएको हो। आज १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ। दिनभरि ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ५७ करोडभन्दा बढीको कारोबार भएको छ।
सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि बुटवल पावरको ४१ करोड ६९ लाख र गार्डियन माइक्रो लाइफको ४१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबैभन्दा बढी लाभ बुटवल पावरका लगानीकर्ताले कमाएका छन्, जसले ८.२१ प्रतिशतको वृद्धिदर प्राप्त गरेका छन्। पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.९६ प्रतिशत, रिभर फल्स पावरका लगानीकर्ताले ४.६९ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतले लाभ कमाएका छन्।
त्यस्तै, रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्, जसले आज ५ प्रतिशत घाटा बेहोरेको छ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन