काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ३० हजार ४४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम २०३ रुपैयाँ राखिएको छ । कम्पनीले संस्थापक सेयर बेच्दा कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने भएकाले हाल उक्त सेयर कम्पनीका संस्थापक सेयरधनीले मात्रै खरीद गर्न सक्नेछन् ।
सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यका कागजात सहित अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।