
जनकपुरधाम । पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ । पानी पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ । यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृत रुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ ।
‘सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ,’ निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भने । उनका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शतप्रतिशत पुगेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहले बारा र पर्साका किसानलाई नहरबाट पानी उपलब्ध गराउन नियमित अनुगमन गरिरहेको बताए ।
यसैबीच मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानललाई खेती प्रयोजनका लागि स्यालो टयुवबेल वितरण प्रक्रिाय सुरु गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?