
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ थियो।
ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेखनीय वृद्धि
गत आवमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा ३१.६२ प्रतिशतले बढ्दै ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँमा पुगेको छ।
वितरणयोग्य नाफा र लाभांश क्षमता
असार मसान्तसम्म बैंकसँग ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ। अघिल्लो आवमा सेयरधनीलाई लाभांश दिने क्षमता प्रति सेयर २८.०६ रुपैयाँ थियो, जुन अहिले बढेर ३८.२७ रुपैयाँ पुगेको छ।
पुँजी, जगेडा कोष र कर्जा–निक्षेप अवस्था
बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख १७ हजार रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५२ अर्ब ४६ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
खराब कर्जा र प्रति सेयर सूचकांक
बैंकको खराब कर्जा अनुपात अघिल्लो ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ। हाल बैंकको प्रति सेयर आम्दानी (EPS) ३७.९९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २४७.३९ रुपैयाँमा रहेको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह