नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोपला प्रसाद तिबारी नियुक्त बएका छन् । नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष अञ्जन कुराम श्रेष्ठले आज महानिर्देशकको नियुक्ति प्रदान गरेका हुन्

नवनियुक्त तिवारीलाई स्वागत गर्दे  अध्यक्ष श्रेष्ठले  उनको विज्ञता, प्राविधिक दक्षता र निजी क्षेत्रको विकाससम्बन्धी व्यावहारिक अनुभव महासंघको विकामा टेवा पुग्ने विस्वा ब्यक्त गरे  ।

डा. तिवारीको महासंघमा दोस्रो पटक आगमन भएको हो  ।यसअघि सन् २०१८ देखि २०१९ सम्म उनि महासंघको कार्यकारी निर्देशकको रूपमा सचिवालयको नेतृत्व सम्हालिसकेका छन्। उनी वृहत् आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक–निजी साझेदारीको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभवसहित उनी यस जिम्मेवारीमा फर्किएका हुन्।

तिवारीको बारेमा

डा. तिवारीसँग आफ्नो ब्यसायिक जीवनमा बहुआयामिक संस्थाहरू र अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग जोडिएर काम गरेको अनुभव रहेको छ उनी  अन्तर्राष्ट्रिय मुद्रा कोष विश्व बैंक समूह, एसियाली विकास बैंक , संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम , अन्तर्राष्ट्रिय श्रम संगठन जस्ता अन्तराष्टिरय सँघ संस्था सँग सहकार्य गरेका  छन् । उनी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को महानिर्देशकको रुपमा  कार्यगरेको अनुभब रहेको छ , उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वरिष्ठ प्राविधिक विज्ञ, र नेपाल–भारत उद्योग वाणिज्य संघमा रणनीतिक सल्लाहकारको भुमिकामा रहेर काम गरेका छन् ।

शैक्षिक तथा प्राज्ञिक योगदान:उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष, र लुम्बिनी विश्वविद्यालय (बुटवल) अन्तर्गत सार्वजनिक नीति, सुशासन र भ्रष्टाचारविरोधी अध्ययन विभागका प्राध्यापकका रुपमा पनि काम गरेको अनिभव रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर