
काभ्रेपलाञ्चोक । बनेपा नगरको केही वडामा पशुचौपायामा ‘लम्पी–स्किन’को सङ्क्रमण देखिएको छ । वडा नं १२ र १४ का केही दुधालु पशुमा देखिएको सङ्क्रण पुष्टी भएको पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्लाको धुलिखेल, पाँचखाल तथा मण्डनदेउपुरमा समेत सङ्क्रमण देखिएको र परीक्षणका लागि प्रयोगशाला पठाउन नमूना संकलन भइरहेको जनाइएको छ । कार्यालयका प्राविधिक तारामान तामाङकाअनुसार विगत छ महिनादेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्लाका २५ स्थानीय तहका पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको छ भने भदौ पहिलो हप्ता सप्ताहब्यापी चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
बनेपाको ११ नं वडामा एक र १२ नं वडाको एक गाईमा लम्पी–स्किन सङ्क्रमण परीक्षण गर्दा पुष्टि भएको नगर पशु सेवा शाखा प्रमुख चिरन्जिवी शर्माले बताए । उनका अनुसार ती दुई स्थानका पशुमा लम्पी–स्किन सङ्क्रमण पुष्टि भएलगत्तै त्यस क्षेत्र वरिपरिका गाई–भैंसीमा दोहो¥याएर खोप लगाइसकिएको छ । छ महिनाको अवधिमा बनेपा नगरको १६ हजार पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको शर्माले बताए ।
जिल्लास्थित पशु सेवा कार्यालयका अनुसार गत वर्ष काभ्रेपलाञ्चोकमा लम्पी–स्किन सङ्क्रमित २८ हजार ६५६ पशुमध्ये एक हजार २७४ पशु मरेका थिए । जिल्लाको १३ स्थानीय तहमध्ये केही तहले पशु मरेका किसानलाई राहत प्रदान गरेका थिए ।
नेपालमा विसं २०७७ साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका सातवटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको जनाइएको छ । डा प्रकाश अधिकारीका अनुसार यो रोगको सङ्क्रमण भएको लैनो गाईभैंसीमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घट्ने गर्दछ ।
गाईभैंसीमा यो रोग देखापरेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको कडा गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्याधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुनिने लक्षण देखा पर्ने र अन्त्यमा मृत्यु हुने हुन्छ ।
यस्तै लम्पी स्किन रोग लगाउने भाइरस् गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुको उचित तरिकाले गाड्ने वा जलाउनेकार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । लामखुट्टे, किर्ना र भुसुनाजस्ता कीराले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सर्ने गर्छन् ।
वर्षात्को मौसममा बढी देखिने यो रोग रोगी पशुको सिङ्गान, दूध र घाउबाट निस्केको पीप, रगतजस्ता जैविक रसको प्रत्यक्ष संसर्गबाट सर्न सक्छ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ ।













समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?