पहिलो एकदिवसीय खेलमा नेपाल विजयी, कप्तान रोहितको शतक

काठमाडौं । कप्तान रोहित पौडेलले शतकमा नेपालले एक दिवसीय खेलमा दक्षिण अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ । जितको लागि २ सय ४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । ४५ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो । आशिफ शेख ११ रनमा भीम सार्की १ रनमा र कुशल भुर्तेल २८ रन जोडेर आउट भए ।

कप्तान रोहित क्रिजमा जमे । तर उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । आरिफ शेख ३ रनमा, दीपन्द्र सिंह ऐरी ९ रनमा, गुलशन झा ३६ रनमा, लोकेश बम २ रनमा र रुपेश सिंह रनको खाता नखोली आउट भए । १ सय ६१ रन जोड्दा नेपालले ८ विकेट गुमाएको थियो ।

त्यसपछि रोहितलाई सोमपाल कामीले साथ दिंदै नेपाललाई जिततर्फ डोर्याए । यी दुईले नवौं विकेटका लागि अविजित ८५ रनको साझेदारी गरे। यो क्रममा रोहितले शतक पूरा गरे।

रोहितले १ सय १ बल खेल्दै ९ चौका प्रहार गरेर अविजित १ सय १ रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई जित दिलाए । सोमपालले ३० बल खेल्दै ३ छक्का र १ चौका सहित अविजित ४९ रनको बनाए। बलिङमा टम मेन्जिस र हेरी मेनन्टीले समान ४ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अष्ट्रेलियाले ४५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै २ सय ४२ रन बनायो । हेरी मेनन्टीले सर्वाधिक ६३ रन बनाए । डाउट्जी होगानबेएजरमले ५४ रन बनाउँदा रायन किंगले ३५ र म्याककेन्जी हार्बेले २४ रन बटुले । बलिङमा नन्दन यादव र सोमपालले ३ विकेट लिए। रुपेश सिंह, सन्दीप र सहाब अलामले १÷१ विकेट झारे।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार