
काठमाडौं । कप्तान रोहित पौडेलले शतकमा नेपालले एक दिवसीय खेलमा दक्षिण अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ । जितको लागि २ सय ४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । ४५ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो । आशिफ शेख ११ रनमा भीम सार्की १ रनमा र कुशल भुर्तेल २८ रन जोडेर आउट भए ।
कप्तान रोहित क्रिजमा जमे । तर उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । आरिफ शेख ३ रनमा, दीपन्द्र सिंह ऐरी ९ रनमा, गुलशन झा ३६ रनमा, लोकेश बम २ रनमा र रुपेश सिंह रनको खाता नखोली आउट भए । १ सय ६१ रन जोड्दा नेपालले ८ विकेट गुमाएको थियो ।
त्यसपछि रोहितलाई सोमपाल कामीले साथ दिंदै नेपाललाई जिततर्फ डोर्याए । यी दुईले नवौं विकेटका लागि अविजित ८५ रनको साझेदारी गरे। यो क्रममा रोहितले शतक पूरा गरे।
रोहितले १ सय १ बल खेल्दै ९ चौका प्रहार गरेर अविजित १ सय १ रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई जित दिलाए । सोमपालले ३० बल खेल्दै ३ छक्का र १ चौका सहित अविजित ४९ रनको बनाए। बलिङमा टम मेन्जिस र हेरी मेनन्टीले समान ४ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अष्ट्रेलियाले ४५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै २ सय ४२ रन बनायो । हेरी मेनन्टीले सर्वाधिक ६३ रन बनाए । डाउट्जी होगानबेएजरमले ५४ रन बनाउँदा रायन किंगले ३५ र म्याककेन्जी हार्बेले २४ रन बटुले । बलिङमा नन्दन यादव र सोमपालले ३ विकेट लिए। रुपेश सिंह, सन्दीप र सहाब अलामले १÷१ विकेट झारे।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह